बैतडी । संगठन विस्तारको अभियानमा रहेको नेकपा माओवादी केन्द्रले बैतडीका नौ स्थानीय तहमा पालिका कमिटी गठन गरेको छ ।
बुधबार जिल्लाको मेलौली नगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भीमबहादुर चन्दको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटी गठन गरेको छ । नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा लोकमणि भट्ट, उपाध्यक्षमा तारा विष्ट र सुरेश परियार रहेका छन् ।
यस्तै कमिटीको सचिवमा धरमसिंह दयाल, सहसचिवमा भवानीदत्त भट्ट, कोषाध्यक्षमा मनीषा दयाललगायत अन्य सदस्य रहेका छन् । माओवादी केन्द्रले यसअघि जिल्लाका ८४ वटै वडा र ७ स्थानीय तहमा कमिटी गठन गरेको छ ।
जिल्ला सदरमुकामको स्थानीय तह दशरथचन्द नगरपालिकामा गोपाल बोहराको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । पाटन नगरपालिकामा तर्क ठगुन्नाको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । यसैगरी पुर्चौडी नगरपालिकामा आनन्द सिंह धामी र मेलौली नगरपालिकामा भीमबहादुर चन्दको अध्यक्षतामा ६५/६५ सदस्यीय नगरकमिटी गठन गरिएको छ ।
यसैगरी जिल्लाको डिलाशैनी गाउँपालिकामा जगदीश नाथ, सूर्नया गाउँपालिकामा राम बहादुर विष्ट, सिगास गाउँपालिकामा प्रकाश बहादुर साउद, शिवनाथ गाउँपालिकामा गोरख साउँद र दोगडाकेदार गाउँपालिकामा तारसिंह कुवरको अध्यक्षतामा पालिका कमिटी गठन गरिएका छन् ।
अधिवेशन गर्न बाँकी रहेको पञ्चेश्वर गाउँपालिकामा भने बिहीबार हुने पार्टीका जिल्ला समन्वयन समिति संयोजक प्रेम प्रकाश भट्ट(आदित्य)ले जानकारी दिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend