Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सगरमाथाको काखमा रहेको खुम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन


    मंगलबार, असार २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सगरमाथाको काखमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ वर्षको कलिलो उमेरमै असमयिक निधन भएको छ । मंगलबार बिहान मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।

    खुम्बुकै पर्यटन ब्यवसायी फुरी ग्याल्जेन शेर्पाका अनुसार गतबर्षमात्रै उनलाई खाना खाने नलीमा ट्युमर पलाएपछि भारतमा उपचार गराउन लगिएको थियो । औषधि सेवन गरी ट्युमर सानो बनाएर अप्रेसन गर्ने भने पनि घाउ फैलिएका कारण सम्भव हुन सकेको थिएन । स्वीट्जरल्याण्डमा समेत उपचारका लागि गएका उनको अप्रेसन सफल नभएपछि नेपाल फर्किएका थिए । उनलाई मेडिसिटी अस्पतालमा राखिएको थियो । तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शेर्पा खुम्बुमा लोकप्रिय मानिन्छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शेर्पाको असामयिक निधनप्रति दुःख ब्यक्त गरेका छन् । मन्त्री भट्टराईले लेखेका छन्– खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ वर्षको कलिलो उमेरमै असमयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार