Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न आग्रह


    मंगलबार, असार २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । काँग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गरेको हो ।

    संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले कोभिड–१९ का कारण विदेशबाट समेत श्रमिकको माग नभएको अवस्थामा नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभएको हो । कोरोनाले विश्वका सबै व्यवसाय र समाजका हरेक क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै काँग्रेस संसदीय दलले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गरी वैदेशिक रोजगारी व्यवसायीको इजाजतपत्र नवीकरण लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार