Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्वारेन्टाइनमा एक जनाको मृत्यु


    सोमबार, असार १ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत, १ असार । सुर्खेतको क्वारेन्टाइनमा बस्दै आएका एक पुरुषको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगगरपालिकामा रहेको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो।

    गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनका अनुसार १३ दिनअघि भारतको गढवालबाट आएका पुरुषको सोमबार बिहान गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानीमा रहेको क्वारेन्टिन मृत्यु भएको हो।
    । उनका अनुसार ती व्यक्ति लामो समयदेखि क्षयरोगका बिरामी थिए।

    बिहान आफैंले खाना पकाएर खाएका उनी एक्कासी छाती दुख्यो भनेर पल्टिएको मेयर पुनले बताए।

    ‘बिहान आफैं खाना पकाएर खाएका रहेछन्, खाना खाइसकेपछि एक्कासी छाती दुख्यो भनेर पल्टिएछन्,’ मेयर पुनले भने, ‘त्यसैबेला मृत्यु भएछ।’

     

    उनका अनुसार मृतकको पिसीआर परीक्षणका लागि स्वाब निकाली प्रयोगशालामा पठाइसकिएको छ।

     

    कर्णालीमा थप ११० मा कोरोना संक्रमण पुष्टि

    यता सोमबार कर्णालीमा ११० जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका ९१ जना, सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमध्ये ३ जनामा र सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमध्ये १०७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार कोरोना पुष्टि भएकामध्ये १ जना २ वर्षीय बालक छन्। उनी दैलेखको नौमुले गाउँपालिका–१ का हुन्।

    योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १०७७ पुगेको छ। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने १५१ जना निको भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार