बाग्लुङ, १ असार । बाग्लुङमा एक जना युवक भीरबाट हामफाल्दा मृत्यु भएको छ । भारतबाट आएका ती युवक बाटोमा सडक अवरुद्ध भएपछि बसबाट भीर गई हामफालेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीका अनुसार उक्त घटनालगत्तै प्रहरी गएर ती युवाको उद्धार गरेको छ।
‘हामी तत्काल गएर उद्धार गरेर जिल्ला अस्पताल बाग्लुङमा लग्यौं’, उनले भने, ‘अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिदियो।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएपछि उनलाई मृत घोषणा गरेको डिएसपी अधिकारीले बताए।
उनको शव अस्पतालले पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी गरेको जनाएको छ।