लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति पदाधिकारीमा सहमहामन्त्रीसहित पाँच पदमा लमजुङबाट निर्वाचित भएका छन् ।
लमजुङका रमेशकुमार पाण्डे ६१८ मत ल्याएर निर्वाचित भएका हुन् । सदस्यमा लमजुङका चार जना निर्वाचित भएका छन् । भुगोलतर्फ दुई जना, खुल्ला र खसआर्य महिला तर्फ एक/एक जना निर्वाचित भएका हुन् ।
कांग्रेसको विधान अनुसार एक महिलासहित अनिवार्य दुई जना सदस्य निर्वाचित हुने भुगोलतर्फ जिल्लाका महाधिवेशन प्रतिनिधि हरि बराल र छुपीमाया गुरुङ निर्वाचित भएका हुन् । निर्वाचन मतपरिणाम अनुसार जिल्लाबाट पुरुषतर्फ बराल र जिवनकुमार श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा भएकोमा बरालले पाँच सय ५९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले चार सय ६३ मत पाएका छन् ।
विधान अनुसार प्रदेश कार्यसमितिमा आठ जना रहने खुल्ला सदस्यतर्फ लमजुङका दिपेश गौतम निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि खसआर्य महिलातर्फ उम्मेदारी दिएका लमजुङका विष्णुमाया धिताल र सुस्मीता थापा अधिकारीमध्ये धिताल निर्वाचित भएकी छन् ।
प्रदेश कार्यसमितिका लागि आदिवासी जनजाती खुल्लातर्फ लमजुङका बद्रीमान श्रेष्ठ पाँच सय मत प्राप्त गरे ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend