Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङका कारागारको सुरक्षा अव सेनाको हातमा


    सोमबार, असार १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ, १ असार । सशस्त्र प्रहरीलाई सीमा खटाउन थालेपछि दाङमा रहेका कारागारहरूको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ।यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा सोमबारदेखि नेपाली सेना सुरक्षार्थ खटिएको हो।

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार जनशक्ति अभाव भएको हुँदा नेपाली सेनालाई कारागार सुरक्षार्थ खटाइएको हो ।सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको लगिा सीमा नाकामा खटाउने र सेनालाई कारागारको सुरक्षार्थ खटाउने सरकारी नीति अनुरूप तत्कालका लागि नेपाली सेनालाई आजदेखि कारागार सुरक्षामा खटाइएको हो,’ प्रजिअ रिजालले भने।

    लकडाउनको अवधिमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाउने सरकारी नीति अनुरूप जनशक्ति अभाव भएपछि सेना कारागारको सुरक्षामा खटिएको प्रजिअ रिजालले बताए।उनले सरकारले अर्को व्यवस्था नगर्दासम्म अब सेना नै कारागार सुरक्षार्थ खटिने जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार