Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेश  कांग्रेसको सभापतिमा बानियाँ बिजयी


    आइतबार, मंसिर १९ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदमा संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँले जितेका छन् । बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् ।

    बानियाँले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । कांग्रेस बागमती प्रदेशकोे अधिवेशनमा ​२०२६ मत खसेको थियो । 

    कांग्रेसको बागमती प्रदेशको अधिवेशन शनिबार सम्पन्न भएको थियो । शनिबार भएको मतदानमा बानियाँले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । शनिबार प्रदेश अध्यक्षमा तीन जना उम्मेदवार थिए । बानियाँ, केसी र भीमसेनदास प्रधान उम्मेदवार थिए । तेस्रो भएकाले प्रधान बाहिरिएपछि बानियाँ र केसीबीच चुनाव भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार