Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित मिश्रले मतदातालाई दिए धन्यवाद


    आइतबार, मंसिर १९ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार नारायणदत्त मिश्रले मतदातालाई धन्यवाद दिएका छन् ।

    नाै सय बढी मत गणना भइसक्दा मिश्रका प्रतिस्प्रर्धी वीरबहादुर बलायरको जित सुनिश्चित भएपछि सामाजिक सञ्जालमार्फत मिश्रले मतदातालाई धन्यवाद दिँदै विजयी सबैलाई बधाई दिएका छन् ।

    ‘नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र विजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ,’  मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, आगामी दिनमा सँगै मिलेर काम गरौंला ।’ यसअघि देउवा नजिक रहेका मिश्रले सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि भने इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका थिए । प्यानलसहित उम्मेदवारी दिएका मिश्र पक्षका सबै पदाधिकारी पराजित भएका छन् ।  

    संस्थापन पक्षमबाट सभापतिमा धेरै आकांक्षी हुँदा त्यससको फाइदा उठाउन सकिने मनस्थितिसहित इतर समूहले आ-आफ्नो टिम खडा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार