पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता मानिन्छन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन् । विपी कोइराला देखि गणेशमान सिंहको आन्दोलनमा उनी कमाण्डर भएर काम गरे ।
२०४२ सालको सत्याग्रह र २०४७ सालको जनआन्दोलनको कास्की कमाण्डर उनै थिए । पटक पटक जेलमा कोचिएर पनि थाकेनन् उनी । जीवनको उत्तरार्धसम्मको निरन्तर सक्रियता कै कमाई भन्नुपर्छ, शर्मा अहिले गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भएका छन् ।
शर्मा संसदीय निर्वाचनमा भने सँधै पराजित नेता हुन् । पार्टीभित्रको चुनाव उनका लागि कहिलै अफाप भएन । २०४८ र २०५१ को चुनावमा कास्की-३ बाट टिकट पाएपनि जितेनन् । २०५६ सालमा कांग्रेसले कास्की क्लिन स्वीप गर्दा उनी उम्मेद्वार बन्न पाएनन् । त्यसपछि पार्टीभित्रकै राजनीतिमा हराए । शुक्रराजलाई २०७४ को निर्वाचनमा पुनः कास्की-३ बाटै टिकट दिइयो । ‘भुतले खाजा खाने बेला पर्यो’ भन्ने उखान जस्तै भए शुक्रराज । कम्युनिष्टहरु एक भएको बेला पाएको टिकट उनका लागि बरदान बन्ने सम्भावना थिएन ।
त्यसो त, कास्कीमा कांग्रेस यसैपनि कमजोर मानिन्छ । २०२० सालमा एसएलसी पास गरेका शुक्रराज पर्वतको देउपुर पुगेर स्कुल खोले । त्यहीँ उनले केही समय पढाए । आठ वर्षकै उमेरमा बाबु गुमाएपछि ‘टुहुरे’ शब्दबाट हेपिएका उनले त्यसैलाई बदलाको शुत्र बनाए । २०२३ सालमा गण्डकी छात्र संघको सदस्य बनेर उनको राजनीतिक जीवन सुरु भयो । पन्चायती चुनावका बेलामा पनि उनी पटक पटक उम्मेद्वार बनेर पराजित भएका नेता हुन् । विपी कोइरालाले क्रान्तिको तयारी गर्दै गर्दा शर्मा विपीलाई भेट्न बनारस पुगेका थिए ।
विपीले दिएका प्रचार सामग्री बोकेर नेपाल आउने र जिल्ला जिल्लामा बाँड्ने काम शुक्रराजको हुन्थ्यो । ‘वीपीकै हातबाट तरुण दलको सदस्या लिएँ । मनमा बडो आनन्द आयो,’ उनले भने, ‘त्यसपछि मैले क्रान्तिको प्रचारप्रसारमा नजिक भएर काम गरें । प्रचार सामग्री नेपालका ठाउँठाउँमा पुर्याएँ ।’ शर्मा टिमुरबोटे काण्डका बेला एमाले अध्यक्ष केपी ओलीसँगै तीन वर्ष जेलमा परेका थिए ।
विपीका अनुयायी शर्मा गाउँको विकासलाई प्रमुख समाजवाद मान्छन् । भन्छन्, ‘गाउँमा बाटो राम्रो छैन । पानी लिन घण्टौं लगाएर जानुपर्छ । विजुली र सन्चार खासै चल्दैन । नेपालको विकास गर्न गाउँ हेर्नुपर्छ ।’ शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर राज्यले लगानी गर्नुपर्ने उनको भनाइ छ ।
पहिलो पटक कांग्रेसले संघीय संरचना अनुसार निर्वाचन सम्पन्न गर्दै छ । गण्डकीको अधिवेशन सुरु हुँदासम्म यहाँ उम्मेद्वारको टुंगो थिएन । संस्थापन पक्षले अर्जुन जोशीलाई टिकट दिएर प्यानल बनाउँदै थियो । संस्थापन इतरबाट पाँच जना आकांक्षी थिए । आफ्नो पक्षका आकांक्षीलाई बोल्न नदिएको भन्दै उनै पाँचै जनाले उद्घाटन सत्रमा हंगामा पनि गरे ।
मनोनयनको अघिल्लो रात मुश्किलले शुक्रराजलाई पौडेल पक्षले टिकट दियो । उनी अधिवेशनको केही दिनअघिसम्म सभापति शेरबहादुर देउवासँग जोडिएका खबरहरु थियो । सम्भवतः गण्डकीमा संस्थापन पक्ष कमजोर भएर होला, उनले जिल्ला अधिवेशनपछि त्यो हल्लाहरु चटक्कै छोडेर स्वतन्त्र जस्तो बने ।
‘मैले उम्मेद्वारी दिईसकें । चुनाव हारेपनि लड्छु, जितेपनि लड्छु भनेर शुक्रराज जीले भन्नुभयो । अब नछोड्ने पक्का भएपछि अरुलाई फकाएर शर्मालाई टिकट दिइएको हो,’ पौडेल पक्षका एक नेताले भने, ‘उहाँको जिद्धिपनले नै टिकट पाउनुभयो ।’ देउवा प्यानलबाट पनि उनले टिकट पाउने चर्चा थियो ।पाँच आकांक्षी मध्येबाट एक्लाे उम्मेद्वार बनेपछि शर्मालाई अरुले सहयोग गर्दैनन् भन्ने आँकलन पनि थियो । अरु आकांक्षीले कति सहयोग गरे त्यो भन्ने ठाउँ छैन, तर शर्माले भने चुनाव जितिछाडे ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend