Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि


    आइतबार, जेष्ठ ३२ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ३२ जेठ । आज आइतवार सुदूरपश्चिम प्रदेशमा  थप ६४ जनामा कोरोना पुष्टि भएको छ । 

    पुष्टि भएकामध्ये बझाङ्ग बित्थडचिर गाउँपालिका बस्ने वर्ष–२९ का १ जना महिला, वर्ष ८ का १ जना बालक, केदारस्यु गाउपालिका बस्ने वर्ष १८ र २४ का २ जना पुरुष, खप्तड छन्ना गाउपालिका बस्ने वर्ष ३२ का १ जना महिला छन् ।

    डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका बस्ने वर्ष ३२ का १ जना महिला, नवदुर्गा गाउँपालिका बस्ने वर्ष २७ का १ जना महिला र वर्ष १९ देखि ४० सम्मका २२ जना पुरुष छन् ।

    त्यस्तै डोटी जोरायल गाउँपालिका बस्ने वर्ष २६ का १ जना महिला र वर्ष ४२ का १ जना पुरुष रहेका छन् । सायल गाउँपालिका बस्ने वर्ष ६० का १ जना पुरुष , कैलालीको चुरे गाउपालिका बस्ने वर्ष १८ देखि २६ का का ५ जना पुरुष छन् ।

    धनगढी उपमहानगरपालिका बस्ने वर्ष ४४ र ४५ का २ जना पुरुष, गोदावरी नगरपालिका बस्ने वर्ष १९ का १ जना महिला र वर्ष २५ को १ जना पुरष, लम्की चुहा नगरपालिका बस्ने वर्ष ३४ का १ जना पुरुष र टिकापुर नगरपालिका बस्ने वर्ष २० का १ जना पुरुष छन् ।

    कञ्चनपुर को पुनर्बास बस्ने वर्ष २५ र ३८ का २ जना पुरुष, लालझाडी गाउँपालिका बस्ने वर्ष १९, २२ का २ जना महिला र वर्ष १३ देखि ३४ वर्ष का १३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
    सामाजिक विकास मन्त्रालय अन्र्तगत सवास्थ्य निर्देशनालय डोटी ले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार