काठमाडौं । राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने आशय व्यक्त गरेका छन् ।
भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले अध्यक्षको दौडबाट पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पछि हटिसकेकाले अब कमल थापा पनि हट्नुपर्ने बताए ।
‘हिजो पशुपति र लोहनी अध्यक्षको दौडबाट हटिसक्नुभयो’, उनले भने, ‘अर्का नेता (कमल थापा)पनि अध्यक्ष दौडबाट हट्नुपर्छ । यो सरुवा रोगजस्तो होइन । कोही मेरो नजिक आएर हाँस्यो भने म नहाँसिकन बस्न सक्दिनँ । त्यसैले अध्यक्षद्वय जबरा र लोहनी पछि हटेकाले अब थापा पनि हट्नुपर्छ ।’
नेकपा मालेका सिपी मैनाली राप्रपाको अध्यक्ष बन्न लागेको भए शुभकामना भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर चन्दले पनि मैनाली राप्रपामा आउने भए स्वागत गर्ने बताए ।
मुलुकमा एउटा स्थायी संस्थाको आवश्यक रहेको भन्दै उनले राजसंस्था पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । तर, राजसंस्थालाई कस्तो अधिकार दिने भन्ने विषयमा भने छलफल गर्नसकिने चन्दको भनाइ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend