इलाम । नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति सदस्यमा सबैभन्दा बढी मत पाएका भट्टराईले महाधिवेशन प्रतिनिधिमा आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिए ।
८७ वर्षीय भट्टराईले महासमिति सदस्यमा ४६३ मत र महाधिवेशन प्रतिनिधिमा ३६९ मत पाएका छन् । कांग्रेस जिल्ला अधिवेशनमा पाएको मतले आफूलाई उर्जा पैदा भएकाे उनले बताए ।
‘यो उमेरमा आएर पनि जुन मत पाएको छु त्यसले ममा उर्जा थपेको छ,’ उनले अघि भने, ‘यसले त मेरो आयु नै लम्ब्याए जस्तो लाग्छ ।’
भट्टराई कांग्रेसको आठौँ महाधिवेशन देखि महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुँदैछन् । भट्टराईले यसअघिका चारवटा महाधिवेशन नजिकबाट नियालेका छन् । अब हुने महाधिवेशनको पनि उनी साक्षी हुनेछन् ।
भट्टराईले पार्टीको आन्तरिक चुनावमा कहिल्यै हार ब्यहोर्नु परेको छैन । तर, संसदीय राजनीति भने उनलाई फाफेन । २०४९ मा भएको निर्वाचनमा उनी इलाम क्षेत्रनम्बर १ बाट चुनाव भिडे । तर, हार ब्यहोर्नुपर्याे । ४९ मा भएको निर्वाचनमा साविकको मेची अञ्चलभरी कांग्रसका कुनै उम्मेदवारले चुनाव नजितेको भट्टराई सुनाउँछन् । झलनाथ खनालसँग हारेका भट्टराई भने कांग्रेसका उम्मेदवा मध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार भए । १९ हजार हारहारी मत आएको उनले बताए ।
२०५१ को मध्यावधि निर्वाचनमा भने इलामलाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरियो । १ नम्बर निर्वाचन क्षेत्रमा फेरि भट्टराई, २ मा कुलबहादुर गुरुङ र ३ मा बेनुप प्रसाइले टिकट पाए । दोस्रो पटक भने भट्टराई झिनो मतान्तरले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भने २१० मतले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भट्टराई विरुद्ध बागी परेको थियो ।
८ वैशाख १९९८ मा बाबु गजाधर भट्टराई धनकुमारी भट्टराईको काेखबाट जन्मिएका भट्टराई विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय भएका हुन् ।
पञ्चायती व्यवस्थाले बाबु गजाधर मट्टराईलाई पक्राउ गरेपछि आफूमा राजनीतिक चेत सुरु भएको उनी बताउँछन् । सानै उमेरदेखि कांग्रेससँग जोडिएका भट्टराईले पार्टीको तर्फबाट पहिलो पटक बुथ प्रतिनिधिको जिम्मेवारी पाए ।
२०१५ को आमनिर्वाचनमा कांग्रेसको तर्फबाट माबुमा बुथप्रतिनिधि खटिए । त्यसपछि उनको राजनीतिक जीवन सुरु भयो । उनी २०१९ मा प्रधानपञ्च निर्वाचित भए ।
२०३० मा जिल्ला पञ्चायतको सभापति भए । पञ्चायती शासनकै बेला उनी भूमिगत रुपमा रहेको पार्टीको जिल्ला समापति पनि बने । जनमत संग्रहको घोषणा भएपछि भट्टराई बहुदलको पक्षमा खुलेर लागे ।
बहुदलीय व्यवस्था र पार्टीको गतिविधिमा संलग्न हुँनथालेपछि भट्टराई २०४२ सालमा आठ महिना जेल परे । जेलमानै बिरामी भएपछि आठ महिनामा नै जेलमुक्त भए ।
२०४६-०४७ को आन्दोलन सफल भएपछि उनी संसदीय राजनीतिमा जान चाहान्थे । तर, उनको त्यो चाहाना भने पूरा भएन । संसदको चुनाव जित्न नसकेकोमा उनी खासै दु:खी भने छैनन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend