ओखलढुंगा । आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशन अघि जिल्ला तथा स्थानीय कमिटीको अधिवेशन सम्पन्न गर्नु पर्ने भएपछि नेकपा माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन धमाधम भइरहेको छ ।
जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटामा अधिवेशन सकिएको छ । अधिवेशनले स्थानीय कमिटीको नयाँ नेतृत्व चयनका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको नेता हेमसागर पराजुलीले जानकारी दिए ।
जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ् चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएका छन् । अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको र दुई पालिकाको मंसिर तेस्रो साताभित्रै सम्पन्न भइसक्ने नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रुपेश शाक्यले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र पालिकाको प्रथम सम्मेलनबाट चिशंखुगढीमा नरेन्द्र बस्नेत, खिजीदेम्वामा चन्द्रमान तामाङ, मानेभञ्ज्याङमा टंक किराति, लिखुमा नवीन पौडेले अध्यक्ष चयन भएका छन् । त्यस्तै सुनकोसीमा छविरमण धमला, चम्पादेवीमा खड्गबहादुर कार्की अध्यक्ष बनेका छन् । पालिका अधिवेशनले भूगोलबाट दुई अनिवार्य हुने गरी सबै पालिकाबाट सदस्य संख्याका आधारमा प्रदेश प्रतिनिधि पनि चयन भएका छन् ।
सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । ती तहमा पनि मिति तय भइसकेकाले मंसिरको २० भित्रै सबै अधिवेशन सम्पन्न हुने नेताहरूले बताएका छन् । मंसिर २८ मा प्रदेश १ को अधिवेशन तय भएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend