तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा भएको जिल्ला अधिवेशनले कार्यकारी पदको टुंगो लगाइसकेको छ । शनिबार मतदान भएर आइतबार राति कार्यकारी पदमा मतगणना सकिएको हो । सदस्य पदमा अझै पनि मतगणना जारी छ ।
कार्यकारी पदमा भएको निर्वाचनमा जिल्लाका तीन जना मेयरले पराजय भोग्नुपरेको छ । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जनताको लोकप्रिय मत पाएर विपक्षी पार्टीका उम्मेद्वारलाई चुनावी मैदानमा पर्छादै मेयर बनेकाहरू पार्टीको आन्तरिक निर्वाचनमा भने असफल भएका छन् । जनप्रतिनिधि झनै लोकप्रिय हुनुपर्नेमा आफ्नै कार्यकर्ताको मन जित्न नसकेर पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएपछि चर्चामा छन् उनीहरू ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका चारमध्ये तीन नगरपालिकामा नेपाली कांग्रेसको उम्मेद्वार भई विजेता बन्दै व्यास नगरपालिकामा वैकुण्ठ न्यौपाने, शुक्लागण्डकीमा किसान गुरुङ र भानुमा उदयराज गौली मेयर बन्न सफल भएका थिए। यी तीनै जना मेयर कांग्रेस तनहुँको नेतृत्व हाँक्न कार्यकर्ताबाट अयोग्य ठहरिएका छन् ।
कांग्रेस तनहुँको सभापतिमा पुनः जित हासिल गर्दै दोस्रो कार्यकाल दोहोर्याउने वैकुण्ठको दाउमा जितप्रकाश आले बाधक भए । आलेले नाै सय ५१ मत पाएर निर्वाचित भए । न्यौपानेले सात सय ८३ मत ल्याए । आले र न्यौपानेबीचको मतान्तर एक सय ६८ रहेको छ । जिल्ला अधिवेशनमा एक हजार सात सय ८१ मत खसेको थियो ।
उपसभापतिमा शुक्लागण्डकीका मेयर गुरुङ र भानुका मेयर गौली पराजित भएका हुन् । उपसभापतिमा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठद्वयले क्रमश: नाै सय सात र आठ सय ७६ मत पाएका छन् । पराजित उम्मेद्वार गुरुङले आठ सय ६६ र गौलीले सात सय २१ मत प्राप्त गरेका थिए । गुरुङले १० मत कम ल्याउँदा जिल्ला कमिटीबाट बाहिर हुनुपर्यो ।
तीनै जना मेयर वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका उम्मेद्वार थिए । पौडेल समूहलाई केन्द्रीय सदस्य प्रदीप पौडेल समूहको पनि समर्थन थियो । न्यौपाने र गौली रामचन्द्र निकट, गुरुङ प्रदीप निकटका हुन् ।
जिल्ला अधिवेशनमा कार्यकारी पदमा एक जना बाहेक सबै संस्थापन समूहका उम्मेद्वार विजयी भएका छन् । पौडेलको प्यानलबाट उम्मेद्वारी दिएका मिलन आले भने पपुलर मत ल्याएर सहसचिव पदमा विजयी भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend