काठमाडौं, ३१ जेठ । रौतहटमा आज शनिबार मात्रै ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै यस जिल्लामा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६६१ पुगेको छ ।
आज फेला परेका सङ्क्रमित सबै जना परोहा नगरपालिकाको रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।सङ्क्रमित पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपाली रहेका छन् ।