Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कोरोना नियन्त्रणमा अहिलेसम्म भएको खर्च ८ अर्ब ३९ करोड


    शनिबार, जेष्ठ ३१ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना रोकथाममा १० अर्ब रुपैयाँ खर्च गरी भ्रष्टाचार गरेको भन्दै युवाहरु स्वतः स्फूर्त रुपमा सडकमा उत्रिएपछि कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले हिसाबकिताव सार्वजनिक गरेको छ ।

    सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको जनाइएको छ । स्थानीय प्रदेश र संघीय सरकार गरी तीनै तहका सरकारबाट अहिलेसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ ।  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार खर्च गरेको छ ।

    यसैगरी औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

    समितिले ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च देखाएको छ । प्रदेशहरुमा सबैभन्दा धेरै सुदूरपश्चिममा खर्च भएको छ भने ५ नम्बर प्रदेशमा सबैभन्दा कम खर्च भएको छ । सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ ।

    त्यस्तै प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ सरकारले कोरोना नियन्त्रणका लागि १३ करोड ३९ लाख ४६ हजार, बागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च विवरण सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ ।

    कोरोना नियन्त्रणका लागि स्थानीय सरकारहरुबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

    corona.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार