Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी पालिका अधिवेशन: सिन्धुपाल्चोकमा १२ मध्ये १० वटामा नयाँ नेतृत्व, बाँकी १५ गते भित्र सकिने 


    आइतबार, मंसिर १२ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं) सिन्धुपाल्चोकले १० वटा स्थानीय तहमा सम्मेलन सम्पन्न गरेको छ । जिल्लामा १२ वटा स्थानिय तह मध्ये रहेको माओवादी केन्द्रले शनिवार एकै दिन ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको होे ।

     चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रवती गाउँपालिकामा ६५ सदस्यीय चयन भएका छन् तर पधादिकारी भने टुङगो लागेको छैन् । 

    मेलम्ची नगरपालिकामा गोपाल नेपालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ । सम्मेलनबाट उपाध्यक्षमा सिपी दुलाल ,कूष्णजङ तामाङ र शिबराम दंगाल सचिबमा दिनेश गिरी सहसचिबमा गिता ढकाल कोष्ध्यक्षमा सुर्दशन सापकोटा चयन भएका हुन् । 

    बाह्रबिसे नगरपालिका अधिवेशनले ङिमा शेर्पाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको छ । उपाध्यक्षमा नगेन्द्र पौडेल, पातली थामी, सचिबमा बिमल राउत ,सहसचिबमा विकेस लामा ,कोषाध्यक्षमा सचिन पाख्रिन चयन भएका छन् ।

    बलेफि गाउँपालिकामा गंगाबहादुर तामाङ अध्यक्ष, शंकर कार्की ,लेख बहादुर सुवेदी ,दुर्गा नेपाल उपाध्यक्ष ,नारायण पराजुली सचिब र बीरमान तामाङ सहसचिब, राजन पौडेल  कोषाध्यक्षमा चयन भएका छन् ।

    हेलम्बु गाउँपालिकामा पेमा ह्यल्मोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

    पाँचपोखरी थाङपाल गाँउपालिकामा दोर्जे तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएका छन् । सुनकोशी गाँउपालिकामा अमर लामाको अध्यक्षता तथा  लिसंखुपाखर गाँउपालिकामा राजु लामाको अध्यक्षतामा नयाँ चयन  भएको जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए । 

    जुगल गाँउपालिकामा  भने शुक्रबार नै अधिवेशन सम्पन्न भईसकेको छ। जसमा अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । सम्मेलनबाट उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु, बहादुर गोले, सचिब तुलना घिमिरे सहसचिव जगबहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य चयन भएको माओवादी केन्द्रले जनाएको छ । 

    तर भोटेकोशी र त्रिपुरासुन्दरी गाँउपालिकामा भने अधिवेशन हुन अझै सकेको छैन्। संयोजक पराजुलीका अनुसार त्रिपुरासुन्दरी गाँउपालिकामा १२ गते र भोटेकोशी गाँउपालिकामा भने १५ गते हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार