Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • यूएईको शारजहाँबाट फर्किएकी महिलामा कोरोना संक्रमण


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३० जेठ । नेपालमा विदेशबाट आउनेहरुका कारण कोरोना संक्रमण भयावह बन्दै गएको छ । २३ जेठमा युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    जेठ २३ मा यूएईको शारजहाँबाट एयर अरेबियाको चार्टर फ्लाइटबाट नेपाल आएका १ सय ५७ यात्रुमध्येकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिएका छन् ।

    उनलाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन २४ जेठमा मूलपानीको क्वारेन्टिनमा सारियो । त्यहीँबाट पीसीआर परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार