Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरिता गिरीको घरमा ताेडफाेड गर्ने पक्राउ


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३० जेठ। सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा गत बुधवार अर्को संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ताेडफाेड गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।

    विशालनगरस्थित गिरीको घरमा बुधबार साँझ युवाहरुको एक समूहले ताेडफाेड गरेपछि प्रहरी उनीहरूकाे खाेजीमा जुटेकाे थियाे।

    खाेजी गर्ने क्रममा हेमराज थापालाई बसन्तपुरबाट पक्राउ गरिएकाे हाे। महानगरीय अपराध महाशाखा र पीसीसीबी जनसेवाद्वारा खटिएकाे टाेलीले थापालाई पक्राउ गरी माहानगरिय प्रहरी परिसर बुझाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार