Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नविना लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


    शनिबार, मंसिर ११ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी नेकपा (एमाले)को प्रतिनिधिसभा सदस्य नविना लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन् । 

    लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा पुुगाएको योगदानको सबैले मूल्याङन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी हुन्।

    उनले पार्टी केन्द्रीय कमिटिको सदस्यका लागि योग्य भएको बताउँदै पार्टी आन्दोलनलाई साथ दिएका महिलाहरू अब केन्द्रीय कमिटीमा आउनुपर्नेमा जोड दिइन् ।

    ‘१२ वर्षको उमेरदेखि आजसम्म पार्टीमा निरन्तर इमानदारितापूर्वक काम गरियो । पार्टीका हरेक आन्दोलन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेलियो’ लामाले भनिन्, ‘म पार्टीको सदस्यका लागि योग्य छु । आवश्यकता पनि छ । हामी जतिको महिलाहरू पार्टीमा आएन भने को आउने हो ? त्यसैले सबै प्रतिनिधिहरूले मलाई माया गर्नुहुन्छ भन्ने विश्वास छ ।’

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार