Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनमा कोरोनाको पुनः नयाँ केश फेला


    शुक्रबार, जेष्ठ ३० २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी, ३० जेठ । चीनमा पुनः कोरोना भाइरसको नयाँ केश फेला परेको छ । चीनको राजधानी बेइजिङमा ५२ वर्षीय मानिसमा कोरोनाभाइरस संक्रमण फेला परेको छ ।

    देखापरेको उक्त केसलाई स्थानीय संक्रमण मानिएको छ । उक्त व्यक्ति विगत दुई हप्तादेखि बेइजिङबाट बाहिर गएका तथा बाहिरबाट आएका कोही व्यक्तिसँग सम्पर्कमा आएका पनि थिएनन् ।

    त्यसै गरी हिजो नै चीनमा विदेशबाट आएकाहरुमध्ये ६ जनामा संक्रमणका नयाँ केसहरु फेला परेका थिए ।

    कोभिड–१९ विरुद्ध खोप बनाउने कोशिशमा जुटेका अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले यही जुन महिनामा आफ्नो खोपको तेस्रो चरणको परीक्षण गर्ने जनाएको छ । यस चरणमा ३० हजार मानिसहरुमा खोपको परीक्षण गरिने छ ।

    एउटा अध्ययन रिपोर्टले दैनिक १।९० डलरभन्दा कम आम्दानी हुनेहरु कोरोनाभाइरसको संक्रमणले बढी पिरोलिने देखिएको छ । सो रिपोर्टका अनुसार, संसारभरिमा १ अरब मानिसहरुमा कोरोनाको संक्रमण फैलिन सक्ने छ ।

    लकडाउन खुकुलो पारे पनि दक्षिण कोरियाले भौतिक दूरीसम्बन्धी आफ्नो नीतिलाई झनै कडा पारेको छ । उसले कोरोनाको संक्रमण एक नम्बरवाला अंकमा नझरेसम्म भौतिक दूरीसम्बन्धी कडाइलाई झनै कडाइका साथ लागू गर्ने जनाएको छ ।

    त्यसअनुसार दक्षिण कोरयाका स्वास्थ्यमन्त्री पार्क नेउङ–हुले सियोलका वासिन्दाहरुलाई सकेसम्म घरभित्रै बस्न र बिनाकाम बाहिर ननिस्कन आव्हान गरेका छन् । हिजो बिहीबार मात्रै कोरियामा संक्रमणका २६ नयाँ केसहरु फेला परेका थिए । कोरियामा लकडाउन खुकुलो पारिएपछि नाइटक्लब, धार्मिक स्थलहरु, संग्रहालय, पार्कहरु अझै बन्द नै राखिएका छन् ।

    माल्दिभ्सले पनि २ महिना लामो लकडाउन खकुलो पार्ने जनाएको छ । त्यहाँ घरेलु उडानहरु खुल्नेछ । रेष्टुरा तथा क्याफेहरु त्यहाँ बसेर खान नपाउने, घरमा लान पाउने गरी खुल्ने छन् । त्यसैगरी, माल्दिभ्सले एकअर्काकोमा पाहुना लाग्ने गरी पारिवारिक भ्रमणमा पनि रोक लगाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार