Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • एमाले महाधिवेशनमा बाबुरामको शुभकामना- खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्


    शुक्रबार, मंसिर १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । 

    १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ ।

    महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु बिहीबार नै चितवन आइसकेका छन्। महाधिवेशनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि अबको केही समयपछि काठमाडौँबाट चितवन आउने बताइएको छ। 

    एमाले विभाजनपश्चात पहिलो पटक हुन लागेको महाधिवेशनका लागि देश विदेशमा रहेका विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन्। 

    महाधिवेशनको शुभकामना दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका नेता डा बाबुराम भट्टराईले एमाले अध्यक्ष ओलीलाई कटाक्ष गर्दै आगामी दिनमा नयाँ हिटलर नजन्मियोस् भनेका छन्। 

    सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘संवेदनशील र सचेत किसान-मजदूरले बोक्ने झण्डा संवेदनहीनताको प्रतीक (‘गैंडाको छाला जस्तो’ जो भनिन्छ !) र विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाॅ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्! चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना !’

    महाधिवेशनका लागि दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार