चितवन । भोलिदेखि सुरु हुन लागेको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता बिहीबार चितवन आइपुगेका छन् । एमालेको अधिकांश शीर्ष नेता हवाई यात्रामार्फत चितवन आएका हुन् ।
एमालेको महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि र अतिथिहरू पनि हवाइयात्रामार्फत चितवन आएका छन् । जस कारण बिहीबार भरतपुर विमानस्थल दिनभरजसो व्यस्त बन्यो । बिहीबार बुद्ध एयरको ११ वटा र गुण एयरको तीन वटा उडान भएको विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिए ।

शीर्ष नेताहरू हवाई यात्रामार्फत आएपछि विमानस्थलमा उनीहरूलाई स्वागत गर्नेको भीड थियो । ‘हिजो अस्तिकै संख्यामा उडान भए पनि जहाज भरिएका थिए । शीर्ष नेताहरू पनि आएकाले उहाँहरूको स्वागतका लागि नेता कार्यकर्ताको बाक्लो भिड लागेको हो’, विकले भने ।
बिहीबार एमाले अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, नेताहरू सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोखरेल, विष्णु पौडेल, विद्या भट्टराई, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, पद्मा अर्याल, शेरधन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत १९ नेता हवाइयात्रामार्फत चितवन आएका हुन् ।
एमाले उपाध्यक्ष भीम रावल पनि सडकमार्ग हुँदै चितवन आइपुगेका छन् । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि चितवन आएका छन् । नेताहरूको आगमन ह्वात्तै बढेपछि सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend