पोखरा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि गण्डकी प्रदेशबाट ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । गण्डकी प्रदेशबाट ९० हजार कार्यकर्ता चितवन झार्ने योजना रहेको संयोजक किरण गुरुङले बताए
कास्कीका सचिव दामोदर वैरागीका अनुसार कास्कीबाट महाधिवेशनका लागि ८९० वटा गाडी सौराहा प्रस्थान गरेका छन् । २०५ वटा बस, ४५ वटा जिप, माइक्रो र भ्यान, १४० वटा निजी कार तथा पाँच सय वटा मोटरसाइकल सौराहा जानका सूचीकृत गरिएको उनले बताए ।
‘रुपा गाउँपालिकाले १५ वटा गाडी लान्छु भनेको छ । मादी, माछापुच्छ्रे र अन्नपूर्णले पनि सूचि दिएको छ,’ उनले भने, ‘पोखरा महानगरका प्रत्येक वडाबाट पाँच वटा भन्दा बढी गाडी जाँदैछन् ।’ उनको आँकडा अनुसार १३ हजार हाराहारी कास्कीबाट उपस्थित हुने छ । मुस्ताङबाट चार वटा गाडी र मनाङबाट एउटा गाडी महाधिवेशन स्थलतर्फ गएको छ ।
गोरखा एमालेले कार्यकर्ता ओसार्नका लागि १ सय वटा बस रिजर्भ गरेको जनाएको छ । त्यहाँबाट ५ हजार नेता कार्यकर्ता महाधिवेशनका लागि जानेछन् । म्याग्दीबाट ४० वटा गाडी रिजर्भ गरेर १५ सय जनालाई महाधिवेशनमा लैजाने तयारी छ । स्याङ्जाका प्रत्येक वडाबाट एउटा गाडी लैजानुपर्ने उर्दी छ । हिसाब गर्दा स्याङ्जाबाट ९७ गाडीले कार्यकर्ता ओसार्ने छन् ।
तनहुँबाट पार्टीले २५ र जनवर्गीय संगठनले ३–३ वटा गर्दा ५० वटा हाराहारी गाडी लैजाने तयारी छ । लमजुङबाट २० वटा, पर्वतबाट १५ र बागलुङबाट २० हाराहारी गाडी लगिँदै छ । तथापि सबैले दर्ता नगराएका कारण ठ्याक्कै तथ्यांक भन्न नसकिएको जिल्ला कमिटीले जनाएका छन् ।
नवलपुर नजिक भएकोले खासै हिसाब निकालिएको छैन । उनीहरू हिँडेरै वा कसैसँग सहयोग मागेर जान सक्ने भएकोले टाढाबाट आउनेलाई मात्रै रिजर्भ गाडीको व्यवस्था गरिएको प्रदेश संयोजक गुरुङले बताए । तनहुँको पनि देवघाट क्षेत्रका स्थानीय आफ्नै हिसाबले जाने योजनामा छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend