Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • गोला प्रथाबाट इजलास गठन गर्ने मिति तोक्न ‘फुलकोर्ट’ बस्दै


    बिहिबार, मंसिर ९ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) आज बैठक बस्दै छ ।

    सर्वोच्चमा गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो । बैठकले आगामी मङ्सिर १५ गतेबाट गोलाप्रथामार्फत् पेसी तोक्ने निर्णय गर्ने बताइएको छ। 

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले पेसी तोक्दै आएका थिए । तर गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको  अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको थियो ।

    प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।

    यता गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले दिनहुँ सर्वोच्च परिसरमा प्रदर्शन गर्दै आएको छ। बारले यसअघि हिजो बुधबार मुलुकभरका उच्च अदालतहरुमा पनि जबराको राजीनामा माग्दै प्रदर्शन गरेको थियो। 

    यसैबीच, आन्दोलनरत बार र बृहत नागरिक समाजसहितका ७ संस्थाहरुले प्रधानन्यायधीशबिरुद्ध आज दिउँसो सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार