सर्लाही, २९ जेठ । सर्लाहीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
बुधबार राति साढे ८ बजे कबिलासी नगरपालिका ५ रनियास्थित भित्री सडक खण्डमा भारतीय नम्वर प्लेट बिआर ०६ एस ०९९८ नम्बरको जीपले ठक्कर दिँदा स्थानीय ६० बर्षीया जानकीदेवी रामको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त जीप रनियाबाट पिपरियातर्फ जाँदै गरेको थियो।
सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने चालक फरार छन्। उनको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ।
शवको पोष्टमर्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ।