Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोल्पामा थप १४ मा कोरोना संक्रमण पुष्टि


    बिहिबार, जेष्ठ २९ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २९ जेठ। रोल्पामा बिहिबार थप १४ जनाएक जना महिलासहित १४ जनामा संक्रमण पुष्टि भएको रोल्पा अस्पतालका डा.अनिल केसीले जानकारी दिए ।

    उनका अनुसार संक्रमित सबै जना सुनिलस्मृति गाउँपालिकाका बासिन्दा हुन् । यससँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ ।

    उनले संक्रमित हुनेमा सुनिलस्मृति गाउँपालिका–४ का १०, वडा नम्बर ८ का ३ र वडा नम्बर ७ का एक जना रहेको उल्लेख गरेका छन् ।

    संक्रमित पुष्टि भएका सबै जना भारतबाट आई विभिन्न विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाहरु रहेको उनले बताए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको उनले बताए । अस्पतालको एउटामात्र एम्बुलेन्स रहेका कारण उहाँहरुलाई एकै पटक ल्याउन समस्या रहेको उनको भनाइ छ ।

    यसअघि जेठ २५ गते सोही गाउँपालिका वडा नम्बर ५ र ६ स्थित विद्यालयको क्वारेन्टिनमा बस्दै आएका तीन जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई संक्रमण पुष्टि भएको चार दिनपछि बिहीबार मात्रै उपचारका लागि आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार