जाजरकोट । नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
१४औं जिल्ला अधिवेशनको निर्वाचनका लागि जिल्ला निर्वाचन समितिले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निवर्तमान पार्टी सभापति दीपक जंग शाह अध्यक्ष रहेको नेपाली कांग्रेस जाजरकोटको कार्यदलले सहमति, सर्वस्वीकार्य तथा सहकार्यको माध्यमबाट नेपाली कांग्रेस, जाजरकोटलाई एकताबद्ध बनाउन आइतबार दिनभर प्रयास गरेको थियो ।
कार्यदलको विशेष अभ्यास पश्चात् नेपाली कांग्रेस जाजरकोट पार्टी सभापति सिंहलगायत सिङ्गो कार्यसमिति, प्रदेश क्षेत्र (क) र (ख) का क्षेत्रीय समितिका सभापति लगायत महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, जाजरकोटले दिएको जानकारी अनुसार सभापतिमा सिंह, उपसभापतिमा रत्न खड्का र खडक बिसी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा तेजविक्रम शाह र हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त र खडक बिसी निर्विरोध निर्वाचित भएका हुन् ।
कोषाध्यक्षका लागि भने निर्वाचित जिल्ला कार्यसमिति सदस्यबाट सभापतिले मनोनीत गर्ने प्रावधान भएको हुँदा अहिले नै आधिकारिक रूपमा टुङ्गो लागि नसकेको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ । कोषाध्यक्ष पदको आकांक्षीमा पत्रकार भीम बहादुर सिंह, जनक केसीलगायत रहेका छन् ।
नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) ले गरेको व्यवस्था अनुसार नगरपालिकाबाट दुई जना र गाउँपालिकाबाट एक जना जिल्ला कार्यसमितिमा प्रत्यक्ष निर्वाचित गरिने प्रावधान अनुसार नै जिल्ला कार्यसमितिलाई निर्विरोध निर्वाचित गरिएको छ । पार्टी विधान अनुसार सभापतिले मनोनीत गर्ने सदस्यसहित २७ सदस्यीय जिल्ला कार्यसमिति चयन हुने छ ।
प्रदेश क्षेत्र (क) को क्षेत्रीय सभापतिमा लीलाबहादुर शाह निर्वाचित भएका छन् । प्रदेश क्षेत्र (ख) को क्षेत्रीय सभापतिमा जनकराज शर्मा निर्वाचित भएका छन् । दुई वटै प्रदेश क्षेत्रका क्षेत्रीय समिति पनि २७ सदस्य रहने व्यवस्था भएको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend