ओखलढुंगा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारको प्यानलै निर्वाचित भएको छ । देउवा समर्थित समूहको जिल्ला समापतिका उम्मेदवार तेजेन्द्र खनाल समूहकाे प्यानलै निर्वाचित भएको हो ।
खनाल नेतृत्वको क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ ‘क’ मा सन्तोषबाबु थापाको प्यानलै विजयी भएको छ । उनका प्रतिद्वन्द्धी होमबहादुर कार्की थिए । थापाले खसेको १३ सय ५८ मतमध्ये तीन सय ६९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी पुराना नेता होमबहादुर कार्कीले दुई सय ७७ मत मात्रै ल्याएका थिए ।
उप-सभापतिमा कृष्णप्रसाद कोइराला चार सय एक मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी केशरबहादुर गुरुङले तीन सय ८८ मत ल्याए । सचिवमा उमंग श्रेष्ठ तीन सय ९० र ऋषिकुमार चौलागाईले तीन सय ६६ मत ल्याएर विजयी भएका छन् । सह-सचिवमा दोर्ची शेर्पा तीन सय ८४ मत र पुष्कर थापा तीन सय ५९ मत ल्याएर विजयी भएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा देउवा पक्ष तेजेन्द्र खनाल प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । बालकृष्ण दाहाल प्यानलका सबै उमेदवार पराजित भएका छन् ।
निर्वाचन क्षेत्र ‘ख’ मा ६ सय ६७ मत खसेकोमा ४३ मत बदर भएको थियो । यो क्षेत्रमा तीन सय ३४ मत ल्याएर आश्राचन राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कुलबहादुर श्रेष्ठले दुई सय ९१ मत ल्याएका थिए ।
उपसभापतिमा चार सय दुई मत ल्याएर विष्णुकुमार कार्की र तीन सय ६० मत ल्याएर रुद्रप्रसाद घिमिरे विजयी भएका छन् । सचिवमा कल्याण राई तीन सय ७८ मत र केशरबहादुर तामाङ तीन सय ५६ मत ल्याएर विजयी भएका छन् ।
सह-सचिवमा नरध्वज खड्का तीन सय २५ मत र नवीनकुमार खड्का तीन सय ७६ मत ल्याएर विजयी भएका छन् । बालकृष्ण दाहाल पक्षका दुई जना प्रदेश प्रतिनिधिका उम्मेदवार मात्रै विजयी भएका छन् । यो पक्षका विन्दा बोगटी र गोविन्द गिरी मात्रै निर्वाचित भए । यो समूहलाई वर्तमान जिल्ला सभापति प्रदिपकुमार सुनुवारको समर्थन थियाे ।
क्षेत्रको परिणामले प्रभाव
क्षेत्रीय समितिको मत परिमाणले जिल्लाको मंगलबार हुने निर्वाचनमा समेत प्रभाव पार्ने अनुमान छ । दुई कार्यकाल सभापति चलाएका प्रदिप सुनुवारको समर्थन रहेकाले संस्थापन पक्ष निकै बलियो देखिएको छ । उनले वर्तमान जिल्ला उप-सभापति तेजेन्द्र खनालको नेतृत्वमा प्यानलै उम्मेदवार बनाएका छन् ।
कोइराला पौडेल समूहका उम्मेदवारका हिसाबले निकै पुराना र राजनीतिक रुपमा स्थापित नेता बालकृष्ण दाहाल ‘हेभीवेट’ मानिएका छन् । उनी यसअघि सुनुवारसँगै पराजित भएका थिए ।
जिल्लामा मनोनयन हुँदै
जिल्ला नेतृत्वका लागि मनोनय सुरू भएको छ । मंगलबार हुने मतदानका लागि मनोनयन सुरू भएको हो । जिल्लामा पनि संस्थापन र कोइराला पौडेल समूहको प्यानलै उम्मेदवारी दर्ता गर्ने तयारी छ । आजै साँझसम्म जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिको मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend