Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेपाल आइपुगे कुवेतमा रहेका नेपाली


    बिहिबार, जेष्ठ २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २९ जेठ। कुवेत सरकारको सहयोगमा कुवेतमा रहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

    ‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।

    कुवेतबाट नै अर्को एउटा फ्लाइटमा पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई फ्लाइट दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार