Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरका वडाध्यक्षहरुले लगाए उपमहानगरको गेटमा ताला


    सोमबार, मंसिर ६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । पटक-पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै जनकपुरधाम उप-महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन् ।

    नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितका सदस्यहरुले उप महानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी धर्ना दिएका हुन् । 

    ‘नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको छ ।’ वडा नम्बर ७ का अध्यक्ष साहले भने, ‘हामीले पटक-पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेका कारण तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’

    सरसफाई सम्बन्धी कुरा गर्न नगरपालिका जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई सरसफाई कर्मचारीले दुर्व्यवहार समेत गरेको साहको भनाई छ । ‘सरसफाई कर्मचारीले वडाअध्यक्षसँग दुर्व्यवहार गरेको भिडियो हामीसँग छ’ उनले भने, ‘सरसफाई नगर्ने र उल्टै हामीसँग दुर्व्यवहार गर्नु कहाँको न्याय हो ?’

    वडाअध्यक्षहरुले यसअघि पनि फोहोर नउठाएको भन्दै मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार