काठमाडौं । एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने योजना डा. भीमबहादुर रावलले तु्हाइदिने भएका छन् । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने एमाले महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैछन् । उनले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न गर्ने भएका छन् । रावलका सहयोगी एकिन्द्र कुँवरले रावलले विशेष पत्रकार सम्मलेनमार्फत् अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
रावलले टीम बनाएरै चुनाव लड्ने तयारी गरेका छन् । एमालेमा अध्यक्ष ओलीले दस बुँदे सहमति पालना गर्ने भने पनि महाधिवेशन प्रतिनिधि चयनमा उनीहरुलाई आउनै नदिने रणनीति अपनाए । दस बुँदे सहमतिका साथ एमालेमा समाहित भएका पार्टीका उपाध्यक्ष भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्तहरुका समर्थकलाई देशभरबाट प्रतिनिधि आउनै रोकिएको छ ।
दस बुँदे समर्थकहरु आउने ठाउँमा पार्टी सदस्यता नै रातारात थप गर्ने, चुनाव गराउने भन्दै तर्साएर प्रतिनिधि नै आउन रोक लगाएका छन् । ओलीले २०७७ पुस ५ पछि थपेका सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गरिएकाले यो पटक दस बुँदेवालाहरु ओलीको कृपामा बाहेक चुनाव जितेर नेतृत्वमा आउने संभावना समाप्त भएको छ । रावल र भूसालले ओलीलाई सर्वसम्मत अध्यक्ष हुन नदिनका लागि मात्र उम्मेदवारी दिन लागेको देखिन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend