Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेडिकल कलेजको एम्बुलेन्समा गाँजा भेटिएपछि…


    बुधबार, जेष्ठ २८ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगन्ज । १२ बर्षअघि २०६४ सालतिर बिरामी बोक्ने एन्बुलेन्समा रक्तचन्दन तस्करी गरेको समाचार आएको थियो । वीरगन्जमा बुधबार लकडाउनको मौका छोपी बिरामी बोक्ने एम्बुलेन्सबाट ५६ किलो लागूऔषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । प्र्रहरीले एम्बुलेन्समा गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ ।

    वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुरटोलमा बुधबार बिहान ३ बजे गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

    एम्बुलेन्स र बरामद गाँजा बुधबारै बिहान प्रहरीले सार्वजनिक गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको उक्त गाँजा सहित पक्राउ पर्नेहरुमा जितबहादुर वाइवा, दिलबहादुर वाइवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने हरिशंकर महतो छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार