Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इटलीको अदालतमा परेको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो


    बुधबार, जेष्ठ २८ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावर सम्बन्धी इटलीको अदालतमा परेको मुद्दा जितेको छ । यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको करिब दुई अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको हो ।

    अब ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो ९१ अर्ब १५ करोड रुपैयाँ गरी करिब दुई अर्ब रुपैयाँ नेपाल फर्कने बाटो खुलेको छ ।
    तनहँु जलबिद्युत आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले चित्तबुझ्दो काम नगरेपछि इन्भेष्टमेन्ट बैंकले पफर्मेन्स ग्यारेन्टी बापतको रकम तनहुँलाई भुक्तान गरेको थियो । तर, पर्फमेन्स ग्यारेन्टीको रकम भुक्तानी रोकिदिन भन्दै सिएमसीले इटलीको अदालतमा ट्राइब्युनलमा मुद्दा हालेको थियो ।

    अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो । तर, इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो । हालै तीन सदस्यीय इजलासले भने इन्भेष्टमेन्टको पक्षमा फैसला गरेको हो । नेपालको खानेपानी सम्बन्धी ठूलो परियोजना मेलम्ची खानेपानीको ठेक्का लिएर निर्माण नै नगरी सीएमसी गत बर्ष भागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार