काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताएका छन् ।
मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनुपर्ने बताएका हुन् । मौका पाउँदा पनि गर्ने नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाइ थियो ।
साथै नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको उनको भनाइ छ । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमता चाहिन्छ,’ उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’
यस्तै नेतृत्वको कारण गर्दा कम्युनिस्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि काँग्रेसले जनमत पाउन नसकेको उनले बताए । निर्वाचन पछि कांग्रेस कमजोर हुँदा कम्युनिस्टहरुले मौका पाए र संविधानमाथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि कांग्रेस मजबुत हुनुपर्ने बताए । कांग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्तन आवश्यक रहेको उनको तर्क छ ।
उनले जनताको माग नेतृत्व परिवर्तन भएको र नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए । मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने उनको धारणा थियो ।
‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो । नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ,’ उनले भने, ‘मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन ।’
साथै उनले लोकतान्त्रिक पार्टीभित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताउँदै पार्टीभित्र सबैको सम्मान हुनुपर्नेमा जोड दिए । उनले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफूले सधै पार्टीभित्र आवाज उठाउँदै आएको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend