Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउन मुख्यमन्त्रीले गरे मन्त्री राम नरेशलाई बर्खास्त


    मंगलबार, कार्तिक ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । 

    यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए । तर उनले मानेका थिएनन् । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको  प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

    एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ ।

    एकीकृत समाजवादीलाई  दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ । यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगाो लागिनसकेको स्रोतले जनायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार