Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले सीसीएमसी खारेज गरे, पूर्वरथी बालानन्द हटाइए


    मंगलबार, कार्तिक ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गरेका छन् । कोरोना संक्रमण न्यून हुँदै गएकाले सीसीएमसी खारेज गरेर नयाँ संरचना बनाइएको छ ।

     सीसीएमसीको सट्टामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी) गठन गरिएको छ । सीसीएमसी गठनसम्बन्धी अध्यादेश निस्क्रिय भएको छ । यो अध्यादेश खारेज गरेर नयाँ संरचना बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । ५ जेठमा ल्याइएको कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार सरकारले सीसीएमसी गठन गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सो अध्यादेश निस्क्रिय भएसँगै सिसिएमसीको कानुनी बैधतामा प्रश्न उठेको थियो ।

    सीसीएमसीको खारेजीपछि त्यसका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्मा स्वतः पदमुक्त भएका छन् । नेपाली सेनाका पूर्वरथी शर्मालाई तत्कालीन प्रधानमन्त्री ओलीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका थिए । सीसीएमसीको खारेजीसँगै गठन भएको सीसीएमसीसीको संयोजक प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई बनाइएको छ । सीसीएमसीमा यसअघि सुरक्षा निकायबाट विशिष्ट श्रेणीका अधिकृत खटिने गरेका थिए । अब प्रथम श्रेणीका अधिकारीलाई खटाइने भएको छ । सीसीएमसीसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा पेस गरिए पनि एमालेको अवरोधले अलपत्र छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार