Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कोरोनाको जोखिम बढेपछि पीसीआर मेसिन खरिद गर्न बजेट विनियोजन


    मंगलबार, जेष्ठ २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाजुरा, २७ जेठ । जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

    पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको हो।

    सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र पिसीआर मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगरप्रवक्ता माया शाहले जानकारी दिए।

    बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको छ।

     

    बैठकले पिसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको प्रवक्ता शाहको भनाइ छ।

    यस्तै बैठकले कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा १० लाख रूपैयाँ क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको छ।

    नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ।

    पिसीआर जाँचमा भएको ढिलाइका कारण कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट सात दिन बितिसक्दा पनि आएको छैन। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार