Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिलोत्तमामा पहिलो पटक कोरोना संक्रमण पुष्टि


    सोमबार, जेष्ठ २६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही, २६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले तिलोत्तमा वडा नं. ४, ८ र ९ का १र१ जना गरी ३ जनामा कोरोना पुष्टि भएकोबताएको छ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेका अनुसार संक्रमित पुष्टि भएकाहरू वडा नं.९ का ३५ वर्षीय र वडा नं. ८ का ६२ वर्षका पुरूष र वडा नं. ४ की ४४ वर्षकी महिला रहेका छन्।

    भारतको मुम्बईबाट आई सुनौलीस्थित क्वारेन्टिनमा बसेका उनीहरूलाई तिलोत्तमा नगरपालिकाले गत जेठ १२ र १३ गते उद्धार गरी क्वारेन्टिनमा राखेको थियो।

    नगरपालिकाका प्रमुख घिमिरेका अनुसार क्वारेन्टिनमा राखिएकाहरूको आरडिटी परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूलाई शंकरनगर स्वास्थ्य चौकीस्थित आइसोलेसनमा राखिएको थियो। तीमध्ये ११ जनाको पिसिआर नेगेटिभ आए पनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको घिमिरेले जानकारी दिए।

    ‘उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसनमा उपचाररत् छन्’, उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार