Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीका जनप्रतिनिधिलाई पनि कोरोना !


    सोमबार, जेष्ठ २६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची, २६ जेठ । अर्घाखाँचीका एक जनप्रतिनिधिलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोनाभाइरसको संक्रमण भएको हो।

    नगरपालिकाका मेयर कमलप्रसाद भुसालका अनुसार उपमेयर भने अहिले आफ्नै घरमा आइसोलेसनमा बसिरहेका छन्। मेयर भुसालका अनुसार उपमेयर कोरोनाबाट मृत्यु भएका युवकको अन्त्यष्टि कार्यमा सहभागी भएका थिए।

    गत जेठ १० गते भारतबाट फर्किने क्रममा जिल्लाको भूमिकास्थान नगरपालिका(९ का ३५ वर्षीय युवकको बाटोमै मृत्यु भएको थियो। पछि उनको नेपालमा संक्रमण पुष्टि भएको थियो। उनको दाहसंस्कार अर्घाखाँचीमै गरिएको थियो।

     

    आजै मृतक युवकसँगै एउटै बसमा आएका ३० जनामा पनि संक्रमण पुष्टि भएको छ। सहायक प्रमुख जिल्ला अधिकारीले ५१ जनामध्ये ३० जनामा संक्रमण देखिएको जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार