Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जागिरबाट हटाइएको झोंकमा आफूमाथि नै पेट्रोल छर्केर आगो लगाएपछि…


    सोमबार, जेष्ठ २६ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम, २६ जेठ । अछामको एक अस्पतालका कर्मचारीले आफूमाथि नै पेट्रोल छर्केर आगो लगाएका छन्। बयालपाटा अस्पतालका कर्मचारीले जागिरबाट हटाइएको झोंकमा आफूमाथि नै पेट्रोल छर्केर आगो लगाएका हुन्।

    सोमबार बिहान साढे आठ बजे साँफेबगर नगरपालिका ६का सिद्धार्थ आउजीले अस्पताल परिसरमा आफैंमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले जानकारी दिए।

    ‘आर्थिक समस्यापछि अस्पतालले जागिरबाट हटाएको भन्ने कुरा आएको छ,’ उनले भने। अहिले उनको उपचारका लागि नेपालगञ्ज पठाइएको डिएसपी भारतीले बताए।

     

    उनी अस्पतालमा सरसफाई गर्ने कर्मचारी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार