Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा मिनी ट्रक खस्दा चालकको मृत्यु


    सोमबार, जेष्ठ २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर, २६ जेठ। भक्तपुरमा मिनी ट्रक खस्दा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार झौखेलस्थित कालीखोलामा मिनी मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेलका अन्दाजी ३५ वर्षीय नवराज लाछिवा रहेका छन् ।

    गतराति करिब साढे १० बजेको समयमा ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको महाशक्ति इट्टा भट्टाको बा ५ ख ३११ नम्बरको मिनी ट्रक खोलामा खसेको थियो ।

    ट्रकले च्यापिएको अवस्थामा चालकलाई क्रेनको सहायताले उद्धार गरी उपचारका लागि डा। ईवामुरा अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

    प्रारम्भिक अनुसन्धानको क्रममा लापरबाही तरिकाले तीव्र गतिमा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको गिरीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार