Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायातका चार करोड हिनामिना गर्ने ४ कार्यालय प्रमुखसहित १७ बिरुद्ध मुद्दा दायर


    आइतबार, जेष्ठ २५ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लकडाउनका बीच पनि अकूत सम्पत्ति आर्जनका उजुरीमा छानबिन गरी भटाभट मुद्दा दायर गरिरहेको छ । यसबीचमा राजस्व समूहका अधिकृत रमाान्त अर्याल, नगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम अर्यालबिरुद्ध करोडौं गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको अख्तियारले आइतबार ४ करोड रुपैयाँ हिनामिना गर्ने यातायात कार्यालका ४ प्रमुखसहित १७ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    यातायात व्यवस्था कार्यालय कोशीमा करिब चार करोड राजश्व हिनामिना हिनामिनामा संलग्न चार जना कार्यालय प्रमुखहरु नयराज नेपाल र तिर्थराज लम्साल, गोपाल थपलिया र भूपेन्द्र राईविरुद्ध मुद्दा चलेको छ । करोडपति नासुका नामले बदनाम भएका लेखापाल सुरेश अधिकारीकै डिजाइनमा यातायात कार्यालयमा ४ करोड हिनामिना गर्ने कार्यालय प्रमुखसहित १७ कर्मचारीबिरुद्ध पनि आज मुद्दा दायर गरिएको छ । उनीसहित केही कर्मचारीलाई यसअघि नै मुद्दा दायर भएको छ ।

    त्यस्तै लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, रुद्र दाहाल, अर्जुन भट्टराई, कृष्ण कट्टेल, कम्प्युटर अपरेटर सुजन राई, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल, दीपेन्द्र कुमार मण्डल, मैया कुमार चापागाई र रविन कुमार विश्वासविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा खेप्ने कम्प्युटर अपरेटरहरु फोकस वान नेपाल प्रालिका हुन् । लेखापाल सुरेश अधिकारीले राजस्वसमेत हिनामिना गरी करोडौंका महल स्वीमिङपुलसहितका बनाएका थिए भने प्रेमिकाहरु पनि उनका थुप्रै रहेको खुलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार