Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • क्वारेन्टाइनबाट घर फर्केपछि पुनः पक्राउ!


    आइतबार, जेष्ठ २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी, २५ जेठ । महोत्तरीको क्वारेन्टाइनबाट छाडिएका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनाको शनिबार गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पक्राउ गरिएको हो ।

    काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन्।

     

    उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ। उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार