Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लागूऔषधिसहित तीन जना प्रहरीको नियन्त्रणमा


    आइतबार, जेष्ठ २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम, २५ जेठ । सर्लाहीमा एम्बुलेन्समा लागू औषध ओसारप्रसार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाई ८ किलो चरेश लोड गरी भारततर्फ लग्ने क्रममा मलंगवा नगरपालिकाबाट एम्बुलेन्ससहित नियन्त्रणमा लिएको हो ।

    मलंगवा नगरपालिका ८ स्थित झिलमिलीयामाई मन्दिरको बाटो भएर भारततर्फ जाँदै गरेका एक व्यक्तिको साथबाट ८ किलो चरेश बरामद भएपछि सो चरेश एम्बुलेन्समा लोड गरेर भारततर्फ लग्न खोजेको योजना सार्वजनिक भएको छ ।

    मलंगवा ८ का रामदुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरिएको हो । सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले उनीसँग सोधपुछ गर्दा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव समेतले एम्बुलेन्समा राखी भारततर्फ पुर्‍याउन भन्ने बयान दिएको जानकारी दिए । त्यसपछि चालक यादव र उनका सहयोगी नथुनी ठाकुरलाई नियन्त्रणमा लिएर एम्बुलेन्सको तलासी गर्दा १ सय ३५ ग्राम चरेस फेला परेको कुँवरले बताए ।तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उनले बताए ।

    सर्लाहीकै धनकौल गाउँपालिका ३ स्थित बागमती नदि छेउबाट पनि लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । बलराबाट राजघाट शंकरपुर तर्फ जादै गरेको ज ४ प २०७४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा वालटेक्स १०० एमएलको २६९ पिस लागूऔषध बरामद भएको कुँवरले बताए ।

    मोटरसाइकल चालक सिरहाको गोलबजार १ घर भई हाल बागमती नगरपालिका १० शंकरपुर ससुराली बस्ने ३४ वर्षीय सुनिल ठकुरी र पछाडि सवार सर्लाहीको बरहथवा नगरपालिका ५ हाथी डन्डा बस्ने गोविन्द रामक २२ वर्षीय छोरा ईन्दल रामलाई लागूऔषधसहित पक्राउ गरी अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार