काठमाडौँ,२४ जेठ । आज थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले आजको नियमित पत्रकार सम्मेलनमा ३२३ जनामा संक्रमण पुष्टी भएको बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ ।
आज डिस्चार्ज हुने ३२ जना सहित डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ ।