Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुराको क्वारेन्टाइनमा ६५ वर्षीय पुरुषको मृत्यु


    शनिबार, जेष्ठ २४ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ जेठ । आज बिहान बाजुराको क्वारेन्टाइनमा एक पुरुषको मृत्यु भएको छ । खप्तडछेडेदह गाउँपालिका वडा नं –७ स्थित मष्टा आधारभूत विद्यालय बुडाबाडामा रहेको क्वारेन्टाइनमा छेडेदह गाउँपालिका –७ बुडाबाडाका ६५ वर्षीया एक पुरुषको शनिवार बिहान ८ः३० बजे मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वाड नं –७ का अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

    मृतक भारतमा बस्दै आएका , यति बेला विश्वभर फैलिदै गएको कोरोना भाइरस त्रासका कारण भारतमा गर्दै आएको काम पनि बन्दभएपछि उहाँ यहि जेठ १५ गते झुलाघाट हुँदै नेपालमा आएर १६ गते क्वारेन्टाइनमा बसेका थिए ।उनको मृत्यु के कारणले भएको भन्ने पुष्टी हुन बाँकी छ । कोरोना परिक्षणका लागि स्वाब संकलन कार्य भइरहेकोछ भन्ने जानकारी वडा अध्यक्ष राउतले दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार