Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोल्पामा चार दिनअघि मृत्यु भएका ब्यक्तिको रिपोर्ट कोरोना पोजेटिभ


    शनिबार, जेष्ठ २४ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोल्पा । चार दिनअघि मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको छ । डोल्पामा होम आइसोलेसनमा रहेका एक पुरुषको ४ दिनअघि मृत्यु भएको थियो । मृत्यु हुनेमा जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुष हुन् । उनी जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए । पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

    होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

    उनको अन्त्येष्टी सुरक्षाका उपाय अपनाई गरेको भए पनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको आशंकामा गाँउपालिकाका सबै नाका सिल गरिएको छ ।
    उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार