काठमाडौं , २४ जेठ । आज शनिवार गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
शनिवार थपिएका संक्रमितहरुमा स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका १ जनामा रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
